Popular Posts

Wednesday, July 21, 2010

गीत : आंसु त्यसै खस्यो रिमै

गीत

फकाई फकाई सम्झाएर मोहनीले कस्यैा रिमै
पहिलो प्रेमको गाढा रंग, कलेजीमै घस्यैारिमै !

भन्छौ सधैँ धैर्य गर, कति गर्नु धैर्य यसै
बेला बेला रिसाउँछ्यैा, के भयो र बिना मेसै
टाढै बसी हेरे पनि, नजरमा बस्यैा रिमै

पहिलो प्रेमको गाढा रंग, कलेजीमै घस्यैारिमै !

असंभव मेरो लागि, कसरी म भुल्न सक्छु
तिम्रो साथ छोडी एक्लै, कसरी म डुल्न सक्छु

बेहोसीमै छट्पटाउँछु, मुटुभित्रै फस्यैा रिमै

पहिलो प्रेमको गाढा रंग, कलेजीमै घस्यैा रिमै !
.....................................................................
उमा सुवेदी
५ साउन २०६७

Monday, July 12, 2010

कविता : जीवन गति

जीवन गति
पेलिंदै गए पछि जिन्दगी
हेलिंदै गए पछि जिन्दगी
नदीझैं बेपर्बाह
उर्लिने रै'छ जिन्दगी

भत्काउँदै जिन्दगीका
भोकका भित्ताहरु
बग्छु भीर नदी भएर
नदीकै बेगमा

थपेर आबेगहरु
उभिएर हेर्नु
किनारमा तिमी जलनृत्य सुन्नु
जलमा लेपिएको
तरङ्ग भत्किने छन्
बहादुरीका भित्ताहरु


तिम्रो दु:खी आँसु
पिउने छ मेरै गोहीले तनतनी
पेलिंदै गए पछि जिन्दगी
हेलिंदै गए पछि जिन्दगी

नदीको बेगमा छु म
आउनु तिमी
किनारै किनार,बगरै बगर

दिनेछु अन्तिम बूँद
भेटे पछि सागर ।
.....................
उमा सुवेदी