Popular Posts

Tuesday, June 1, 2010


गजल (आमा )

आमा पुकार्दै रमाउन पाऊँ
सयौँ साल तिम्रो मनाउन पाऊँ


तिमी श्रृष्टि मेरी तिमी दृष्टि मेरी
पुजी पाऊ माथै झुकाउन पाऊँ

न खानू न प्यूनू दुख्यौ धेर
साह्रै
रुझेका परेली सुकाउन पाऊँ

दियौ ज्ञान सारा मलाई तिमीले
म बाँची सुमार्गै समाउन पाऊँ,

अँध्यारो छ सारा तिमी साथ छैनौ

सधैँ संझनामा हराउन पाऊँ
!
...................................
उमा सुवेदी

No comments:

Post a Comment