Popular Posts

Monday, May 31, 2010

सपनीका मिलनहरू


-गीत-
सपनीका मिलनहरू, विपनीमा पाउने भए
पर्खिनु है मेरो हजुर, वरपीपल झैं छाउने भए !
जिन्दगीको गोरेटोमा, एक्लो हिड्न गाह्रो रैछ
साँचो माया लाए पछि बिछोडिन सारो रैछ

नभुल्नु है कहिल्यै पनि, दोहोरीमा गाउने भए
पर्खिनु है मेरो हजुर,वरपीपल झै छाउने भए !

बसेकी छु भेट हुने आशा मनमा सँगालेर
अतीतका पलहरू, मन भरी अँगालेर

यो मनको मेरो हजुर, चोखो माया लाउने भए
पर्खिनु है मेरो हजुर, वरपीपल झैं छाउने भए !
................................................................
© उमा सुवेदी

Saturday, May 29, 2010

स्वर्ग पनि पाइदो रैछ


-गीत-

जिउन जाने यही जुनीमा स्वर्ग पनि पाइदो रैछ
माया दिने एउटा मान्छे सबैलाई चाहिंदो रैछ


आकाशका तारा पनि जूनलाई पर्खी बस्दा रैछन्
चाँदनीको किरणसँगै मीठो प्रीति साट्दा रैछन्
मन मिले एक अर्कामा चोखो माया लाइदो रैछ
माया दिने एउटा मान्छे सबैलाई चाहिंदो रैछ

अन्धकारलाई मेटाउन बिहानीले खुल्नै पर्छ
दु:ख परे आंसु पुछ्ने एउटा हात त हुनै पर्छ
मन मिले चौतारीमा वरपीपल झैं छाइंदो रैछ
माया दिने एउटा मान्छे सबैलाई चाहिंदो रैछ !
........................................................
©उमा सुवेदी

-गजल-
वसन्तको मुनासँगै मनै हरियो
हजुरलाई देखी यसै बेहोस परियो
परेलीकै चाल गरी बात मार्ने रहर
पल-पलै यादमा डुबी हाय ! मरियो

धेरै खोजेँ रोक्नलाई मनै मानेन
उमङ्गले मन भरि मात भरियो

लजालु त्यो चाल कस्तो छोइ हाल्यो
मन
एक नजर जुधाउन भेलै तरियो
कति मीठा पर्खाइका प्रतिपलहरू
लुकी-छिपी हेर्न हजुर डेरै सरियो

....................................
©उमा सुवेदी
२०६७ बैशाख १५